प्रचण्ड-ओली एकता विवादमा ‘एदुमे’को प्यारोडी,-‘बादलले मादल नबजाए हुन्थ्यो’

नेता र मन्त्रीहरूकै अगाडि उभिएर, उनिहरुकै आवाजको नक्कल गरिरहेका सुबोध गौतमका थुप्रै रमाइला भिडियोहरु युट्युवमा भेटिन्छन् । पछिल्लो समय ‘क्यारिकेचर किङ’ भनेर चिनिने गौतम आफुलाइ हास्य बिधाको जुझारु विद्यार्थी मात्र भन्न रुचाउँछन् ।

‘अबको हास्यब्याङ्य अतिरन्जित नभएर न्यायसङ्गत हुनुपर्छ ।’ उनी भन्छन्-‘अर्काको उछित्तो काढ्नु र क्यारिकेचर गर्नुमात्र हास्यब्याङ्य होइन ।’ तरपनी यस पटक उनले आफ्नो कार्यक्रम ‘हास्ने घर’ मार्फत प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको हाउभाउ सहित प्यारोडी दोहोरी प्रस्तुत गरेका छन् ।



नेकपाको एकता बिबादमा जनताको चासो बढिरहेका बेला दाहाल ओलीको चोटिलो र पोटिलो दोहोरी, ऋषि धमलाको रूपमा सुमन कार्कीको रोचक र घोचक समाचार अर्थपूर्ण छन् । यसअघिको ‘हाँस्ने घर’बाट राजु भुजेल र सरापेसँगको ईङलिस भाईरल भएको थियो ।

‘यसपाली गृहमन्त्रीको सामान्य कार्टुन प्रयोगमा ल्याएको छु’ गौतम जिस्किदै भन्छन् ‘बादलले मादल नबजाए हुन्थ्यो ।’
‘भद्रगोल’मा ‘एदुमे’को भुमिका र देश बिदेशका मनञ्चहरुमा ब्यस्त रहेको हुनाले ‘हाँस्ने घर’ अस्तब्यस्त हुन पुगेको उनको भनाइ छ ।

अस्ट्रेलियाबाट फर्केपछि सुबोधलाई उत्तर एसियन देशहरुमा जाने मौका मिलेको छ । उनि जाने तयारिमा छन् । गएको बर्ष ठुलो पर्दामा काम गर्न चारवटा चलचित्रको अफर आउदा पनि काम नगरेको र टीभी कार्यक्रमको बारेमा भने आफुले सोच्नुपर्ने बेला आएको उनले बताए ।

सम्बन्धित समाचार