सरस्वतीको दाबी : नेपालमा मेरो जत्तिको स्वर कसैको छैन [भिडियो]

नेपाली कथानाक चलचित्र ‘द डार्क एण्ड लाइट’ले चलचित्रमा समावेश एक गीत र ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका कलाकार तथा गायक-गायिकाको उपस्थितिमा चलचित्र निर्माण युनिटले ‘राधा किसन बोल’को गीत र ट्रेलर सार्वजनिक गरेको हो ।

लेखक तथा गीतकार राजेन्द्र थापाकाे प्रमूख आतिथिका रुपमा उपस्थित कार्यक्रममा चलचित्रका निर्माता तथा नायक पीटर खालिङले चलचित्र निर्माणको क्रममा निकै दुःख भोग्नुपरेको सुनाए । नाम नलिईकनै उनले गायिका सरस्वती भूजेलसँग नाम जोडेर दुःख दिईएको बताए ।



गायिका सरस्वती भूजेलले आफ्नो जस्तो स्वर नेपालमा कसैको नभएको दाबी गरेकि छिन् । चलचित्रमा समावेश ‘राधा किसन’ बोलको गीतमा आफूले निकालेको जस्तो स्वर नेपालमा कसैको नभएको दावी गरेकी हुन् । चलचत्रि ‘द डार्क एण्ड लाईट’ राम्रो बनेकोले दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको उनले सुनाईन् ।

दीपक शर्माको संगीत रहेको गीतमा सरस्वती र डेविट शंकरको स्वर रहेको छ । कार्यक्रमका थापाले आफैले लेखेको गीत युवा पुस्ताले रुचाउनेमा ढुक्क रहेको बताए । चलचित्र भाद्र ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माता खालिङले नवकन्तिपूर डट कमलाई बताए ।

भिडियाे

सम्बन्धित समाचार