कृष्ण केसी सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

ताराखोला गाउँपालिका वडा नं ३, हिल घुस्मेलीका कृष्ण केसी गत शनिबारदेखि बेपत्ता भएका छन । मानसिक रूपमा असन्तुलन ४२ वर्षीय केसी शनिबार दिउँसो १२ बजेको समयमा घरबाट केही नभनी निस्किएका र ५ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नरहेको वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिए ।

केसीलाई सोही दिन दिउँसो काक्राखोरमा स्थानीयले देखेको तर त्यसपश्चात उनी कता लागे भन्ने जानकारी नभएको स्थानीय बताउँछन् । उनी परिवार र आफन्तसँगको सम्पर्कमा नभएपछि ताराखोला गाउँपालिका वडा नं ३ का जनप्रतिनिधीहरू, प्रहरी, स्थानीयबासी, घरपरिवार र आफन्तजनले खोजी कार्य तिव्र पारेका छन् ।



कृष्ण केसीका भाइ लक्ष्यमण केसीले दाजुको खोजी कार्यमा सहयोग गरिदिन प्रहरी प्रशासन, जनप्रतिनिधी, पत्रकार, सरोकारवाला सबैलाई अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार