बलिउड नायिका सन्नी लियोनी नेपालमा, भनिन् ‘नेपाल विश्वकै सुन्दर लाग्छ’

बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन् । नेपाललाई विश्वकै सुन्दर देश रहेको भन्दै सन्नीले नेपाल आउन पाउँदा आफू सधै नै उत्साहित हुने बताइन् । सन्नीले भनिन्–‘विश्वकै सबैभन्दा सुन्दर देशमा उपस्थित हुन पाउँदा आनन्दित महशुश भएको छ । यस्तै, मलाई यो निकै नै उत्साहजनक समयमा सहभागी हुन पाउँदा खुशी लागेको छ ।’

चलचित्र ‘पासवर्ड’मा समावेश गरिएको ‘सन्नी हो नाम बेबे’ बोलको गीतमा उनले आइटम नृत्य गरेकी छिन् । सो गीतमा नृत्य गर्न पाउँदा आफू निकै नै खुशी भएको पनि उनले सुनाइन् ।  बेलुकी ६ बजे निमन्त्रणा गरिएको चलचित्रको प्रिमियर शोमा सन्नी करिब २ घन्टा ढिलो उपस्थित भएकी थिइन् । उनी शुक्रबार साँझ भारत फर्किनेछिन् ।



चलचित्रको प्रिमियरमा शोमा सहभागी हुन चलचित्रका मुख्य नायक विक्रम जोशी, अनुप विक्रम शाही कुमारी हलमा उपस्थित थिए । यस्तै, नायक भूवन केसी, निर्देशक दीपाश्री निरौला पनि हलमा पुगेका थिए । सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र शुक्रबार देखि नेपालभर सार्वजनिक प्रदर्शनमा आएको छ ।  यो चलचित्रको अधिकांश दृश्यको छायांकन लण्डनमा गरिएको छ ।

 

सम्बन्धित समाचार