पहिरोले २ वटा जिप पुर्यो, १ जनाको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ ।

पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं. जीप र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं. को स्कारपियोलाई सडक माथिबाट खसेको ढुंगासहितको पहिरोले पुरेको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ ।



घाइतेहरुलाई उपचारका लागि बुटवलतर्फ ल्याइएको छ । अहिले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरोले अवरुद्ध राजमार्ग संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार