प्रिमियर शोमा ‘कबड्डी कबड्डी कबड्डी’ले पायो मिश्रित प्रतिक्रिया

शुक्रबार आज देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रिमियर शोमा मिश्रित प्रतिक्रिया पाएको छ । बिहिबार साँझ राजधानीको जयनेपाल हलमा आयोजित कार्यक्रममा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रिमियर शोमा उपस्थित निर्देशक तथा कलाकार दीपाश्री निरौलाले यत्तिको चलचित्रले दर्शकबाट गाली नपाउने भन्दै चलचित्र औषत बनेको प्रतिक्रिया दिईन् । त्यसैगरी अर्का हस्य कलाकार सिताराम कट्टेलले चलचित्रमा समाबेश मौलिख दृश्यहरुले मन जितेको प्रतिक्रिया दिए ।



चलचित्र हेर्ने अधिकांशले चलचित्रको दोस्रो सिक्वेयल कबड्डी कबड्डीकै फ्लेवर आएको र नयाँ बिषयबस्तु नै चलचित्रमा नभएको भन्दै आशा जगाउन चलचित्र असफल भएको प्रतिक्रिया दिएका थिए ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

काठमाण्डौको क्यूएफएक्सले यो चलचित्रलाई अहिलेसम्मकै बढी शो दिएको छ । कुमारी, जय नेपाल, लाबिम, छाया सेन्टर र सिभिलमा गरि यो चलचित्रलाई ३८ शो दिइएको छ । देशभर क्यूएफएक्स चेनमा यो चलचित्रलाई ६४ शोज मिलेको छ ।

 

सम्बन्धित समाचार