कुमार पौडेलकी आमाको बिलौना-‘सरकारले योजनाका साथ छोराको हत्या गर्यो, मेरो बाँच्ने साहारा खोस्यो’

कुमार पौडेलको परिवारले दोषीलाई कारवाहीको माग गदै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का पौडेलको इन्काउन्टरमा उनको मृत्यु भएको प्रहरीले जनाएको थियो ।

पौडेलका परिवारले उनको हत्या भएको भन्दै त्यसको छानविन हुनुपर्ने माग गर्दै आएका छन् । छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेतावनी दिएको छ ।



आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले हत्या भएको तीन महिना बितिसक्दापनि राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेकोमा गुनासो पोखे ।

मृतकका भाइ हरिकृष्ण पौडेलले आफ्नो दाइको कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्वासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पको लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए ।

उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटला गरेको र सुकुम्बासीको जग्गामा कम्युनिष्ट पार्टीहरु मिलेर २१ करोडको जग्गा अतिक्रमण गरी कब्जा गरेको सुनाए ।

उनले आफ्नो दाईको हत्याका लागि लागि बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको दाबी गरे ।

उनले आफ्नो दाईको दोहोरो भिडन्तमा नभई सरकारले खासगरी गृह मन्त्रालयले सुनियोजित ढंगले हत्या गरेको आरोप लगाए । उनले भने,‘यदि दोहोरो भिडन्तमा मारिएको थियो भने मेरो दाईको शरिरमा गोली लागेको हुनुपर्न थियो, तर उहाँले लगाएको वस्त्रमा गोली लागेको थिएन । नांगो शरिरमा गोली ढोकेर पछि टिसट लगाईएको थियो।’

उनले भने,‘हामीलाई दाईको लास जवरजस्ती जिम्मा लगाइयो, राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि न्याय दिलाउन सकेन, न्याय माग्न आयोगको ढोकामा जाँदा अपमानित भयौं ।’

आफूहरुलाई न्याय दिन नसक्नुमा वर्तमान सरकार गृह मन्त्रालय नै बढि जिम्मेवारी रहेको सुनाउँदै उनले भने,‘यदि छानविन गर्न सक्दैन् भने किन जिम्मेवार लिन्छ ।

उनले गृहमन्त्री राम बहादुर थापा (बादल), आइजीपी, सिडिओ, एसपी, बागमती नगरपालिकका मेयर भरत बहादुर थापा, प्रदेश सांसद दिल्ली उप्रे ती, सागरनाथ वन परियोजना, वसन्त भट्टराई, कमल बुढाथोकी, दाताराम वाग्ले र श्याम परदेशीलाई कारवाहीको माग गरे ।

कार्यक्रममा मृतककी पत्नी कला पौडेलले सरकारले आफ्नो श्रीमान्को हत्यालाई दोहोरो भीडन्त भनेपनि बास्तवमा त्यो दोहोरो भिडन्त नभएर गैरन्यायिक हत्या भएको दाबी गरिन् । उनले आफ्नो श्रीमानलाई ‘इन्काउन्टर’ मा नभएर कुटपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाई हत्या गरेको बताईन् ।
उनले राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, सरकारलाई सत्य, तथ्य छानविनका लागि दवाब दिएकी छिन् ।

मृतककी आमा दुर्गादेवी पौडेलले रुदैँ भनिन्–‘तीन छोरी पछिको एक मात्र छोरा थियो त्यसलाई पनि सरकारले योजनाका साथ मारिदियो मेरो बाँच्ने साहारा खोस्यो ।’

छोराको हत्या भपछि सयौँ पत्रकार र मानवअधिकार पुगेको सुनाउँदै उनले तर आज यतिका दिनसम्मपनि न्याय नपाएकोमा गुनासो पोखिन् । उनले भनिन्,‘म ७० वर्षको बृद्ध कहाँ जाऔँ रु को सँग न्याय मागौँ रु आज म न्यायका लागि न्यायको भीख माग्दै यहाँसम्म आएको छु । मलाई न्याय चाहियो ।’ उनले न्याय नपाए आफू राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको जनाईन् ।

सम्बन्धित समाचार