यो हो संसारकै सबैभन्दा महँगो वस्तु, एक ग्रामकै मूल्य ५ सय खर्ब, हेर्नुहोस फोटो सहित

संसारकै सबैभन्दा महंगो चिज के हो रु तपाईंलाई लाग्ला हीरा, कोवाल्ट, प्लाटिनम आदि । तर, यो संसारमा यति मंहगो चीज पनि छ, त्यो तपाईंलाई कल्पना गर्न समेत कठिन हुन्छ । जुन चीज यति दुर्लभ छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्छ ।

एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने संसारकै सबैभन्दा महंगो त्यो चीजको नाम हो – एन्टिम्याटर अर्थात् प्रतिपदार्थ । यति धेरै महंगो वस्तुको प्रयोग भने अन्तरीक्षसँग सम्बन्धित कामका लागि गरिन्छ ।



अन्तरिक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रतिपदार्थको प्रयोग हुन्छ । एन्टीम्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ ।

नासाले पनि एन्टीम्याटर विश्वको सबैभन्दा महंगो वस्तु रहेको पुष्टि गरिसकेको छ । यो एन्टीम्याटरको उत्पादन पहिलोपटक फ्रान्स र स्विजरल्याण्डको सिमा क्षेत्रमा रहेको सर्न ल्याबमा गरिएको थियो ।

सम्बन्धित समाचार