टिकटकले फेसबुकलाई उछिन्दै

हामी मध्ये धेरैजसोले फेसबुक चलाउँछौं, यसमा कुनै सन्देह छैन । तर युवा पुस्ता माझ टिकटकको प्रयोग तिव्र गतिमा बढ्दै गइरहेको छ । तपाईलाई लाग्ला टिकटक भन्दा त फेसबुक नै अगाडि होला, किनकी फेसबुक प्रचलनमा आएको दशक बितीसक्यो भने टिकटक प्रचलनमा आएको केही साल मात्र भएको छ ।

टिकटकको प्रयोगकर्ता अस्वभाविक रुपमा बढेसँग फेसबुकको लोकप्रियता पनि घटेको छ । टिकटकले फेसबुकलाई पनि उछिन्दै पपुलर एप्सको दौडमा आफुलाई अब्बल साबित गरेको छ ।



जनवरी २०२० मा टिकटक विश्वभर धेरै पटक डाउनलोड हुने एप बन्न पुगेको छ । यो एपले फेसबुकको इन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपलाई डाउनलोडको मामिलामा पछाडी पारेको हो ।

गएको वर्षको नोभेम्वरसम्ममा टिकटक १।५ अर्ब पटक डाउनलोड गरिएको थियो । यो संख्या एप स्टोर र प्ले स्टोर दुवैको हो ।

टिकटक धेरै डाउनलोड गर्नेमा भारतीय यूजरहरु रहेका छन् । यसबाट हाल छोटो भिडियो एप्स फर्महरुको लोकप्रियता द्रुत गतिमा बढिरहेको बुझिन्छ ।

एक रिर्पोटका अनुसार टिकटक जनवरी २०२० मा अमेरिकामा सबैभन्दा धेरैपटक डाउनलोड भएको नन गेम एप भएको छ । यस रिर्पोटलाई एप एनालिस्ट कम्पनी सेन्सर टावरले स्टिमेटको आधारमा तयार गरेको हो ।

टिकटकलाई जनवरी २०२० मा ७७ लाख पटक डाउनलोड गरिएको छ । जुन गएको वर्षको तुलनामा २८।८ प्रतिशतले बढि हो । त्यस्तै दोस्रो नम्वरमा डिन्जी रहेको छ । जनवरी २०२० मा यो अमेरिकीहरुकाबीचमा धेरै डाउनलोड भएको नन गेमिंग एप हो । यस एपलाई ६८ लाख पटक डाउनलोड गरिएको छ ।

यस लिस्टमा इन्स्टाग्राम, फेसबुक म्यासेन्जर र नेटफ्लिक्स क्रमश, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार