यी महिलाले किन गरिन् आफ्नै आमासँग विवाह ?

यो दुई महिलाको असाधारण प्रेमकथा हो । फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन् । उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो ।

सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग सम्पर्क गरिन् । सुरुमा एउटा नयाँ शैक्षिक कार्यक्रम थाल्ने विषयमा कुराकानी भयो । तर यो आधा शताब्दीसम्म चल्ने एउटा प्रेमकथाको प्रारम्भिक बिन्दु पनि थियो । उनीहरूको कथामा आमाछोरीको सम्बन्ध र विवाहको कुरा पनि छ ।



लिलिअन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलिङ्गी र द्विलिङ्गीसँग भेदभाव गर्ने कानुनहरू थिए ।

क्यालिफोर्नियाले सन् १९७५ मा समलैङ्गिक सम्बन्धलाई अनुमति दिने कानुन पारित गरेको थियो । उक्त कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो ।

बीबीसी विश्व सेवाको रेडिओ कार्यक्रम आउटलुकलाई लिलियनले भनिन्, ‘हामी देशका लगभग सबै क्षेत्रमा अपराधी मानिन्थ्यौँ। अधिकांश समलिङ्गी महिला लुकेर बस्थे । ‘यद्यपि उनीहरू एउटा परिवार चाहन्थे । कानुनी द्विविधाका बीच उनीहरूले एउटा असामान्य समाधान निकाले ।

त्यस बेला झन्डै ५० वर्ष पुगेकी फिलिसले ३० वर्षजति पुगेकी आफ्नी समलिङ्गी साथीलाई कानुनी रूपमा धर्मपुत्री बनाइन् । त्यसले एउटा असामान्य स्थिति उत्पन्न गरायो । सन् २००८ मा जब क्यालिफोर्नियाले समलैङ्गिक विवाहलाई अनुमति दियो लिलिअन र फिलिसले विवाह गरे र जीवनसाथी बने ।

सम्बन्धित समाचार