अब ट्वीट २४ घण्टापछि हराउने

ट्वीटरले एउटा नयाँ फिचर लन्च गरेको सम्बन्धी आधिकारीक घोषणा गरेको छ । यसमा फेसबुक र इन्स्टाग्रामको ‘स्टोरी फिचर’ जसरी नै हामीले गरेका ट्वीटहरु २४ घण्टापछि आफैँ हराउनेछन् । यसको नाम ‘फ्लिट्स’ राखिएको छ । अहिलेका लागि भने ट्वीटरले यो फिचर ब्राजिलमा परीक्षण गरिरहेको छ ।

कम्पनीका उत्पादन प्रमुख केभोन बेकपोरका अनुसार यो नयाँ फिचरले मानिसहरुलाई अरुबेला सार्वजानिक रुपमा पोस्ट गर्न असहज लाग्ने किसिमका ट्वीट लेख्ने अवसर दिनेछ । कतिपय सोचहरु मान्छेले असहजताका कारण सार्वजानिक रुपमा ट्वीट गर्न सकिरहेका हुँदैनन् ।



उनले भनेका छन्, ुट्वीट गरेका सबै कुराहरु सधैँका लागि रहिरहन्छन् जसले केही प्रयोगकर्तालाई आफ्नो धारणा व्यक्त गर्नबाट रोकिरहेको हुन सक्छ ।ु यसमा हराउने ट्वीटहरु कुनैपनि प्रयोगकर्ताको प्रोफाइल पिक्चरमा क्लिक गर्दा आउनेछ जसलाई कसैले पनि लाइक, रिप्लाइ वा कमेन्ट गर्न मिल्नेछैन ।

सम्बन्धित समाचार