अन्तरिक्षमा उमारिएको साग खानयोग्य र मिठो पनि !

 

अन्तरिक्षयात्रीहरुले पृथ्वी बाहिर उमारिएको पहिलो खानेकुरा सेवन गरिसकेपछि अत्याधिक उत्साह र खुसी व्यक्त गरेका छन् । ‘रेड रोमेन लेट्युस’ नामक साग खाँदैगर्दा उनीहरुले त्यो स्वादिष्ट भएको प्रतिक्रिया दिएका हुन् । उक्त साग उनीहरुले अन्तरिक्षमै रोपेर उमारेका हुन् ।



अन्तरिक्षमा ताजा तरकारी उमार्नु अगाडि आइस–क्रिम बनाएर खान सम्भव थियो । तर यसमा पहिलोपटक त्यहाँ रोपिएको भए पनि सागको स्वाद पृथ्वीमा जस्तै भएको उनीहरुले बताएका हुन् जबकि क्रिमयुक्त खानेकुराको स्वाद भने अन्तरिक्षमा फरक हुने गर्दछ ।

अन्तरिक्षमा साग उमार्ने सम्बन्धी रिसर्च २०१४ देखि थालिएको थियो जसको निष्कर्ष शुक्रबार ‘फ्रन्टियरर्स इन प्लान्ट साइन्स’ मा प्रकाशित गरिएको छ । उक्त अध्ययनका अनुसार अन्तरिक्षको साग स्वादिष्टका साथै पूर्ण रुपमा सुरक्षित पनि रहेको स्पष्ट भएको छ ।

२०१४ मा नासाले सागसब्जी उत्पादनका लागि पहिलोपटक सामग्री र उपकरणहरु स्पेस स्टेसन पुर्याएको थियो । तर त्यतिबेला उमारिएका साग जमेपछि रिसर्च असफल भएको हो । तापनि उत्पादित बिरुवालाई परीक्षणका लागि पृथ्वी पठाइएको थियो जसमा साग खानका लागि सुरक्षित रहेको पत्ता लागेको हो ।

त्यसपछि नै हरिया सागसब्जीहरु स्पेस स्टेसनमा उमार्ने काम सुरु भयो । यसमा उक्त रोमेनियन साग, अन्तरिक्षयात्रीहरुका लागि पोषणको राम्रो स्रोत र रोग लगाउन सक्ने किटाणुमुक्त पनि भएको पाइएको थियो । यसरी नासाले भविष्यमा लामो दुरीको मिसन तय गर्दा यस किसिमका स्पेस स्टेसनमै उत्पादन गर्न मिल्ने खाद्यान्नको महत्व अधिक हुने क्रिस्टिना बताउँछिन् जो फ्लोरिडास्थित नासाकी अनुसन्धानकर्ता हुन् ।

यसअघि अन्तरिक्षयात्रीहरु विशेष रुपमा प्याक गरिएका खानेकुरामा निर्भर रहँदै आएका थिए । जसमा ड्राइ फ्रुट, पिनट बटर, कुखुराको मासु लगायत हुने गर्दथ्यो । तर सागसब्जीको सलाद भने सेवन गर्न पाइँदैनथ्यो । यस्तोमा प्याक गरिएका खानेकुरामा भिटमिन सी, बी१, भिटमिन के लगायतका केही अति जरुरी पोषण तत्वहरु समयअनुसार हराउँदै जान्छन् ।

सम्बन्धित समाचार