चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन शुरु

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन शुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए ।

केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन शुरु गरेको उनले जानकारी दिए । औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालले जानकारी दिए ।



चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिंदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा मुकुन्द गैरेले लेखेका छन् ।

सम्बन्धित समाचार