छोरी बुहारीलाई निःशुल्क स्नातक पढाउदै कचनकवल

नेपालकै होचो भागमा रहेको कचनकवल गाउँपालिकाले छोरी बुहारीलाई निःशुल्क रूपमा स्नातक तहसम्मको पढाउने योजनाको आरम्भ गरेको छ । गाउँपालिका अध्यक्ष अन्जार आलमका अनुसार १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षा शुरु गरेको कचलकवलले छोरी बुहारीलाई स्नातकसम्म नै निःशुल्क पढ्ने वातावरण बनाइएको हो ।

कचनकवल गाउँपालिकामा सामुदायिक विधालय तर्फ ७ वटा मावि, ७ वटा आधारभूत र १३ वटा प्रावि रहेका र ७३९० विद्यार्थी ती विद्यालयमा अध्यन गरिरहेको गाउँ शिक्षा प्रमुख छवि बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार निजी विद्यालयहरू १३ वटा रहेको र ती विद्यालयमा ३ हजार विद्यार्थी अध्यनरत रहेका छन् । यी बाहेक धार्मिक १२ विद्यालयहरुलाई समेत गाउँपालिकाले अनुदान दिदै आएको छ।



शिक्षा प्रमुख बस्नेतका अनुसार यसै शैक्षिक सत्रदेखि नमुना बाल कक्षा शुरु गर्न लागिएको छ । सबै माविलाई २०÷२० कम्प्युटर र कम्प्युटर शिक्षकको समेत गाउँपालिकाले व्यवस्था गरिदिएको छ । गाउँपालिकाकै निजी स्रोतमा १४ जना कम्प्युटर शिक्षकहरूले काम गरिरहेका छन् ।
गाउँपालिकाले विद्यार्थीलाई कृषि क्षेत्रमा आकर्षित गर्न विद्यार्थी कृषि सहकारी कार्यक्रमसमेत अघि सारेको छ । यहाँ कृषि प्राविधिक कार्यक्रम समेत संचालनमा छ ।

सम्बन्धित समाचार