ला लिगा क्लब भलेन्सियाका अर्जेन्टिनी डिफेन्डर कोराेना संक्रमित

स्पेनिस ला लिगा टिम भलेन्सियाका अर्जेन्टिनी डिफेन्डर एजेक्वेल गारे कोरोनाको संक्रमणमा परेका छन् । भलेन्सियाले गारेसहित टिमका व्यवस्थापनका सदस्यसमेत कोरोनाको संक्रमणमा परेको जानकारी दिएको छ ।

मिडिया रिपोर्टका अनुसार गारे कोरोनाको संक्रमणमा पर्ने ला लिगाको पहिलो खेलाडी हुन् । उनेल सामाजिक संजालमा आफु कोरोनाको संक्रमणमा परेको जानकारी दिदै अहिले आफु ठीक रहेको र स्वास्थ्यकर्मीको निर्देशनको पालना गरिरहेको बताएका छन् ।



भलेन्सियाले फर्स्ट टिमका अन्य चार स्टाफमा समेत कोरोना संक्रमण देखिएको बताएको छ । भलेन्सिया अन्तिम पटक फेब्रुअरी १९ मा इटालियन क्लब एटलान्टासँग बिना दर्शक च्याम्पियन्स लिगको खेल खेलेको थियो ।

अहिले स्पेनमा ला लिगासहित सबै खेल गतिबिधि बन्द छन् भने देशमा संकटकाल घोषणा गरिएको छ । स्पेनमा अहिलेसम्म कोरनाबाट २९१ जनाको मृत्यु भएको छ भने ७७ सय ५३ जना संक्रमित भएका छन् ।

सम्बन्धित समाचार