पिएसजीले तोक्यो नेइमारको मुल्य, बार्सिलोना जाने सम्भावना बढ्यो !

ब्राजिलका सुपरस्टार नेइमार आउादो सिजन बार्सिलोना जाने सम्भावना बढेर गएको छ । ईएसपीएनका अनुसार नेइमारलाई बेच्न पिएसजी तयार भएको रिपोर्ट सार्वजनिक गरेको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीले नेइमारलाई १५० मिलियन युरोमा बेच्न तयार भएको हो । यस सिजनकै शुरुमा बार्सिलोना जाने प्रयास गरेका नेइमार दुवै क्लबबीच मुल्यमा कुरा नमिल्दा असफल भएको थियो ।

२५० मिलियन युरोको कीर्तिमानी रकममा पिएसजी आएका नेइमारलाई आधा मुल्य घटाएर बेच्न पिएसजी तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।  यस पटक भने पिएसजीले किलीयन एम्बाप्पेलाई क्लबमै राख्ने र नेइमार जान चाहेमा उनलाई बेच्ने निर्णयमा पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । लामो समय इन्जुरीबाट मैदान बाहिर रहेका नेइमार पिएसजी पुगे देखि नै क्लब छोड्ने हल्ला चलिरहेको छ ।



नेइमारलाई भित्र्याउन बार्सिलोनाका कप्तान लियोनेल मेसीले क्लब व्यवस्थापनलाई दबाब दिएको स्पेनिस मिडियाले पनि लेखेका छन् । मेसीले क्लबले च्याम्पियन्स लिग जित्न नेइमारलाई ल्याउनुपर्ने दलिल दिएको उल्लेख गरिएको छ ।

नेइमारको प्रदर्शनकै कारण पिएसजी यस सिजनमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । अहिलेसम्म तीन सिजन पिएसजीबाट खेलिरहेका नेइमारले पिएसजीका लागि अहिलेसम्म ८० खेलमा ६९ गोल गरेका छन् । जसमा २०१७-१८ मा ३० खेलमा २८ गोल, २०१८-१९ मा २८ खेलम २३ गोल र २०१९-२० मा २२ खेलमा १८ गोल गरेका छन् ।

सम्बन्धित समाचार