एकै दिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलमा २ हजार रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँले घटेर ७५ हजार ५ सय कायम भएको छ ।

यस्तै, सोमबार प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सूनको मूल्य मंगलबार ७५ हजार २ सय कायम भएको छ ।



मंगलबार चाँदीको मूल्यमा समेत गिरावट आएको छ । सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ८० रुपैयाँ घटेर ७ सय १० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार