कोरोनाको कारण एक वर्ष पछि सर्यो युरो कप

युरोपियन फुटबल महासङ्घ (यूईएफए)को आयोजनामा हुने युरो कप एक वर्षका लागि सारिएको छ । यूइएफएले युरो कप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण अहिले युरोपका धेरै देशहरुमा आपत्कालीन अवस्था घोषणा गरिएकाले त्यसको असर फुटबलमा पनि परेको हो ।



युरोपियन फुटबल महासङ्घले युरोपका सबै फुटबल सङ्घहरुसँग भिडियो कन्फ्रेन्स गरेर राय लिएको थियो । जसका आधारमा युरो कप एक वर्षका लागि सारिएको हो ।

सम्बन्धित समाचार