एनआईसी एशिया बैंकद्वारा उपचारवापतको १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । महेश अग्रवालले एनआईसी एशिया बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात बैंकको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए ।

बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरूप एनआईसी एशिया बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्र्तगत खाता खोल्ने ग्राहकले रू २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।



बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेकाे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार