मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा विभिन्न सहुलियतसहितको सम्झौता

मुक्तिनाथ विकास बैंक लि. का ग्राहकहरूले प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा विशेष सुहलियत पाउने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेबिट कार्ड भएका सबै ग्राहकहरूले विशेष छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेबिट कार्ड भएका सबै ग्राहकहरूले भिङग्रेली भिलेज रिसोट, घोराही, डिलाईट कर्नर: द फेमिलि रेष्टुरेन्ट, तुल्सीपुर तथा पार्क फुड क्याफे एण्ड लज, तुल्सीपुरका सम्पूर्ण सेवामा १० प्रतिशत छुट, कृष्णसार रिसोर्ट, गुलरियामा खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट तथा ग्रीन पिस माध्यमिक विद्यालय, कोहलपुरमा विद्यार्थी भर्ना शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् ।



मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेका पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार