सुनको मूल्य १५ सयले घट्यो

सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज बिहीबार छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि तोलामा १ हजार ५ सयले घटेर ७५ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो ।



सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार