नेपाल टेलिकमको रिङब्याक टोनमा कोरोनाबाट जोगिने सन्देश

विश्वको १७६ मा फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासबाट नेपाल पनि अछुतो छैन । भलै नेपालमा अहिलेसम्म १ जनामा मात्र कोरोना संक्रमण देखिएको र उनी पनि ठीक भएका छन् । जनतालाई कोरोना भाइरसको बारेमा सूचित गर्ने उद्देश्यले नेपाल टेलिकम-एनटिसीले कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सचेतानामुलक रिङब्याक टोन बनाएको छ ।

अब एनटिसीमा कल गर्दा कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायसहितको सचेतनामुलक रिङ ब्याक टोन सुन्न सकिने छ ।



कोरोनाका लक्षण र त्यसबाट बच्ने उपाय उक्त टोनमा राखिएको छ ।

सम्बन्धित समाचार