कोरोनाले आक्रान्त गराएको बेला मन भुलाउन सित्तैमा पोर्न भिडियो सेवा !

पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैं क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटाली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ ।

‘यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती अखबार गार्डियनले भनेको छ, ‘घरमा एक्लै कसरी बस्नुरु यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सबै इटालीलाई सित्तैमा दिने निर्णय गरेका हौं । यसले उनीहरुको एकल जीवनमा चार चाँद लगाउने अपेक्षा गरेका छौं ।’



गम्भीर समयमा कम्पनीको यो विज्ञापन गर्ने शैलीलाई भने केहीले विरोध गरेका छन्।

सम्बन्धित समाचार