गायिका कनिका कपुरको तेस्रो टेस्ट पनि पोजिटिभ

बलिवुड गायिका कनिका कपुरको कोरोना तेस्रो टेस्ट रिपोर्ट पनि पोजिटिभ आएको छ । मंगलबार साँझ आएको तेस्रो टेस्टको नतिजा समेत पोजिटिभ आएको संजय गान्धी ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेस लखनउले जानकारी दिएको छ ।

अस्पतालका निर्देशक आरके धिमानले गायिकाको टेस्ट लगातार पोजेटिभ आएकोले उपचार जारी रहेको जानकारी दिएका छन् । कनिकाको लगातार दुई टेस्ट निगेटिभ नआएसम्म उपचार जारी रहने उनले बताएका छन् । उनको उपचारमा तीन नर्सले तीन सिफ्टमा काम गरिरहेको उनले बताए ।



अहिलेसम्म कनिकाको सम्पर्कमा आएका सबैको टेस्ट निगेटिभ पाइएको छ । उनको सम्पर्कमा आएका पूर्वमन्त्री जितिन प्रसाद र उनकी, उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंह, उपमुख्यमन्त्री केशव प्रसाद मौर्या, राजस्थानकि पूर्वमुख्यमन्त्री बन्सुधरा राजेलगायत सबै रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

गत मार्च १५ मा लन्डनबाट भारतको लखनउमा आएकी कनिकालाई लखनउको अस्पतालमा टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कनिका सहभागी पार्टीमा सांसदहरु समेत सहभागी भएको र ती सांसदहरुको राष्ट्रपतिसँग समेत भेट भएको तस्बीर सार्वजनिक भएपछि स्थिति त्रसित बनेको थियो ।

कोरोना फैलाएको आरोप लागेकी गायिका कनिकाविरुद्ध बिहारको एक अदालतमा मुद्धा दायर भएको छ भने लखनउमा एफआइआर दर्ता भएको छ ।

सम्बन्धित समाचार