कोरोनाका कारण टोकियो ओलम्पिक रोकियो, अब कहिले हुने?

लामो छलफलपछि जापानको टोकियोमा हुने भनिएको ओलम्पिक खेल स्थगित भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र ओलम्पिक कमिटिका पदाधिकारीहरुबीचको मंगलबार भएको छलफलपछि ओलम्पिक खेल एक बर्षपछि सार्ने सहमति भएको हो ।

जापानका प्रधानमन्त्री आबेले आफुले ओलम्पिक खेल एक बर्षपछि सार्ने प्रस्ताव गरेको बताए । जापानी प्रधानमन्त्री आबेको प्रस्तावलाई ओलम्पिक कमिटिले स्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ ।



ओलम्पिक खेल जापानको टोकियोमा जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको थियो । विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएपछि धेरै जसो देशले ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने भन्दै खेल स्थगित गर्न दबाब दिएका थिए ।

ओलम्पिकको इतिहासमा पहिलो पटक ओलम्पिक खेल सरेको छ । यस अघि युद्धको समयमा स्थगित नै भएपनि तोकिएको समयमा हुन नसकेर सरेको यो पहिलो पटक हो ।

सम्बन्धित समाचार