नेपाली मूलका बेलायती चार दिनदेखि त्रिभुवन विमानस्थलमै ‘बन्धक’

नेपाली मूलका एक बेलायती नागरिक चार दिनयता त्रिभुवन विमानस्थल अध्यागमनको ‘डिटेन्सन कक्ष’मा रहेका छन् । गत आइतबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका ४०/४२ वर्षका ती मानिसलाई त्रिभुवन विमानस्थल अध्यागमनले ‘इन्ट्री रिफ्युज’ गरेपछि उनी विमानस्थलमा अलपत्र परेका हुन् ।

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सागर न्यौपानेले सरकारको निर्देशन उल्लंघन गरेका कारण ती व्यक्तिलाई ‘इन्ट्री रिफ्युज’ गरिएको जानकारी दिए । ‘युरोपका नागरिकलाई प्रतिबन्ध लगाइरहेको अवस्थामा नेपाल एयरलाइन्सले ल्याएपछि ती व्यक्ति अलपत्र परेका हुन् ।



तर उनको सम्पुर्ण रेखदेख नेपाल एयरलाइन्सले गरिरहेको छ । ‘हामी पनि उनको अवस्था अनुगमन गरिरहेका छौँ’, सागरले भने । ती व्यक्ति नेपाल आउनु केही दिनअघि नै नेपालले युरोपका सबै देशलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । आइतबारयता नेपाल आउने सम्पूर्ण नियमित उडानमाथि प्रतिबन्ध लगाइएको छ । खाली विमान ल्याएर नेपालबाट यात्रु लैजान भने कुनै प्रतिबन्ध छैन । तर त्यसरी विमान आएका छैनन् ।

हङकङमा जन्मिएका यी बेलायती नागरिक नेपालमा रहेका परिवारसँग भेट गर्न आएको बताइएको छ ।

सम्बन्धित समाचार