बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस पोजेटिभ

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई सामान्य लक्षण देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

उनकी पत्नी क्यामेलियालाई पनि टेस्ट गरिएको तर उनीमा कोरोना भाइरस संक्रमण नदेखिएको बिबिसीले जानकारी दिएको छ ।



उनीहरु दुवैजना अहिले स्कटल्यान्डमा सेल्फ आइसोलेसनमा छन्। कहाँबाट भाइरस संक्रमण भयो भन्नेबारे स्पष्ट हुन नसकेको पनि बिबिसीले लेखेको छ ।

सम्बन्धित समाचार