नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरू अवलम्बन गर्न अपरिहार्य रहेको छ । यस परिस्थितिमा सकेसम्म अत्यावश्यकभन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले नेपाल लाइफका आफ्ना सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले मेचुरिटी क्लेम र क्लेम इन्टिमेसन नामका थप दुई अनलाइन सेवा संचालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

मेचुरिटी सेवामार्फत नेपाल लाइफका बीमितहरूले बीमा लेख मेचुरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा मेचुरिटको समय पुगेका बीमितहरूले आफ्नो बीमा लेखको मेचुरिट क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन्, जसअनुसार कम्पनीका कर्मचारीहरूबाट मेचुरिट क्लेमको प्रक्रियाको काम अघि बढाउने कम्पनीले जनाएको छ ।



त्यसैगरी क्लेम इन्टिमेसन सेवाअन्तर्गत दावीकर्ताहरूले घरमै बसेर अनलाइनमार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरूले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउने पनि विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि कम्पनीले   https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx लिंकमा गएर सिधै सेवा लिन सकिने पनि जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरूस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको जनाएको छ । आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरूको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा भर्चुअल अफिसको रूपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरू अनलाइनमार्फत सेवा दिइरहेको पनि उल्लेख गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम ई–सेवा, प्रभु पे तथा नेपाल इन्भेष्टमेण्ट बैंकमार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

सम्बन्धित समाचार