मास्क लगाउने कि नलगाउने ?

विश्व स्वास्थ्य संगठनले रोगी नरहेको र कोभिड–१९ को संक्रमितको स्याहार सुसार नगरिरहेका मानिसहरुले मास्क लगाइरहनु नपर्ने सिफारिस गरेको छ । हिजो स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै संगठनका अधिकारीहरुले उक्त सिफारिस गरेका हुन् ।

‘जनसंख्याको ठूलो हिस्साले मास्क लगाउँदैमा कुनै खास फाइदा हुन्छ भनेर भन्नका लागि कुने ठोस प्रमाणहरु छैन । बरु त्यसको उल्टो मास्कलाई राम्ररी नलगाउँदा उल्टो असर भएका केही तथ्यहरु चाहिँ छन्,’ विश्व स्वास्थ्य संगठनका आपतकालीन स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा। माइक रायनले भनेका छन् ।



‘अहिले संसारभरि नै ठूलो मात्रामा मास्कहरुको अभाव पनि भइरहेका छन्,’ मास्क र अन्य स्वास्थ्यसामग्रीहरुबारे बोल्दै रायनले भनेका छन्, ‘अहिले कोरोनाभाइरसबाट सबैभन्दा ठूलो खतरामा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीरु नै छन् र उनीहरु प्रत्येक दिन, सेकेण्ड सेकेण्डमा भाइरसको संक्रमणमा पर्ने खतरामा छन् । उनीहरुले मास्क नपाएको सोच्दै पनि डरलाग्दो छ ।’

विश्व स्वास्थ्य संगठनसँगै सम्बद्ध संक्रामक रोग विशेषज्ञ डा। मारिया भान केरखोभले पनि सोही सम्मेलनमा बोल्दै ‘हामीले सबैभन्दा बढी कसलाई मास्कको आवश्यकता छ भन्ने कुरा छुट्याउनै पर्छ’ भन्दै त्यसको महत्त्वबोधमाथि प्रकाश पार्दै सबैभन्दा बढी त्यसको अवश्यकता अग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मीहरुलाई नै त्यसको जरुरत पर्ने कुरा औँल्याएका छन् ।

‘समुदायमा रोग अरुलाई नसरोस् भन्नाका लागि तपाईं आफै रोगी नभएसम्म मास्क लगाउनको लागि हामी सिफारिस नै गर्दैनौँ,’ भान कारखोभले भनेका छन् । ‘हामीले घरमा रहेका बिरामी मानिसरु र घरमा भएका बिरामीहरुलाई स्याहारसुसार गरिरहेकाहरुलाई मात्रै मास्क लगाउन सिफारिस गर्छौँ,’ उनले अगाडि भनेका छन् ।

अघिल्लो हप्ताको ‘मिडिया व्रिफिङ’मा पनि बोल्दै विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले संसारभरि नै स्वास्थ्य सामग्रीहरुको व्यापक अभाव रहेको चेतावनी दिएका थिए । उनीहरुले भनेका स्वास्थ्य सामग्रीहरुमा स्वास्थ्यकर्मीहरुले लगाउने पीपीई भनिने सुरक्षा पोशाक ९पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट० समेत पर्दछ ।

‘हामी प्रष्ट हुनैपर्छ,’ भान केरखोपले गत हप्ता भनेका थिए, ‘यतिखेर विश्वले नै अग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मीहरुले पीपीई, मास्क, पञ्जा, गाउन र अनुहार ढाक्ने कवचको अभाव भोगिरहेका छन् । यो अवस्थामा हाम्रा स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्ने र ती सामग्रीहरुको उपभोग उनीहरुले गर्न पाउने कुरालाई हामीले उच्च प्राथमिकता दिनैपर्छ ।’

सम्बन्धित समाचार