एनआईसी एशिया बैंकको अफर : दराजमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको र यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंकका ग्राहकहरूले २०७६ चैत्र १८ गतेदेखि चैत्र २६ गतेसम्म daraz.com.np मा गई बिग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी आफ्ना ग्राहकलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।



यस विपतको घडीमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने आफ्ना ग्राहकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गरिरहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार