विश्वका २ सय १ देशमा फैलियो कोरोना, ३९ हजारको ज्यान लियो

कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २ सय १ देशमा फैलिएको छ । आज सिएरा लियोनमा एक जना नयाँ संक्रमित भेटिएसँगै विश्वका २ सय १ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिएको पाइएको हो । अहिलेसम्म ८ लाख ३ हजार ४ सय ६६ जना संक्रमित भएका छन् । १ लाख ७२ हजार ४ सय २५ जना उपचारपछि निको भएका छन् भने ५ लाख ९२ हजार ३ जनाको उपचार चलिरहेको छ ।

३९ हजार ३८ जनाको ज्यान गएको छ । अहिलेसम्म इटलीमा सबैभन्दा धेरै ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ भने अमेरिकामा सबैभन्दा धेरै १ लाख ६४ हजार ६ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।



संक्रमणका कारण बेल्जियममा १२ वर्षकी बालिकाको ज्यान गएको छ । समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणका कारण १२ वर्षीयको ज्यान गएको यो पहिलो घटना हो ।

सम्बन्धित समाचार