बेलायती राजकुमार चार्ल्स कोरोना भाइरसबाट निको भए

बेलायती राजकुमार चार्ल्स कोरोना भाइरसबाट निको भएका छन् । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना संक्रमणबाट लाभ भएपछि उनले स्वास्थ्यकर्मीहरुलाई धन्‍यवाद दिएका छन्। उनले भनेका छन्, ‘यो एकदमै अनौठो प्रकारको हुँदोरहेछ र देशलाई नै गम्भीर समयमा धकेलिदिँदो रहेछ।’

निको भइसकेपछि राजकुमार चार्ल्स सेल्फ क्वारेन्टाइन बसेका छन् भने उसको स्वास्थ्य अवस्था राम्रो रहेको सचिवालयले जनाएको छ ।



यसअघि उनकी पत्नी क्यामेलियालाई पनि टेस्ट गरिएको तर उनीमा कोरोना भाइरस संक्रमण देखिएको थिएन ।

सम्बन्धित समाचार