नेपालमा अर्को एकजनामा भेटियो कोरोना संक्रमण

नेपालमा अर्को कोरोना संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

सरकारले बुधबासम्ममा १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेकोमा ५ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ जनाको नमुना परीक्षण भएको छ भने धरानेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएको छ ।



अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ४ जना र ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ४ जना गरि उपत्यकाका अस्पतालमा ८ जनाको आइसोलेशन अर्थात डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो । त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना पुष्टि भएको थियो । दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको थियो ।

सम्बन्धित समाचार