लुकिछिपी भारतबाट नेपाल आएका २६ जना नियन्त्रणमा

भारतबाट आएका २६ जनालाई बारा र पर्साबाट नियन्त्रणमा लिइएको छ। विहीबार विश्रामपुर गाउँपालिका हुँदै नेपाल आइरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू खेतको बाटो हुँदै लुकिछिपी आइरहेको बेला प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार तिनीहरू मुस्लिम धर्मगुरूहरू रहेका छन्। उनीहरू एक महिनादेखि भारतको विभिन्न स्थानमा पुगेर नेपाल फर्किएका हुन्। उनीहरूलाई पर्सास्थित सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा पठाएको छ।



त्यस्तै, पर्साबाट पनि भारतबाट आएका १५ मुस्लिम धर्मगुरूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जगरनाथपुर गाउँपालिकाका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनीहरूलाई पनि नियन्त्रणमा लिइ सोही स्थानमा क्वारेन्टाइनमा पठाएको पर्साकी एसपी गंगा पन्तले बताएकी छिन्। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार