मृत्यु भएको १० दिनपछि महिलाले बच्चा जन्माएपछि…..

झट्ट सुन्दा यो कुरा अविश्वसनीयजस्तो लाग्छ । मरेका मानिसले कसरी बच्चा जन्माउन सक्छन् रु तर, यहाँ हामी तपाईंलाई एउटा सत्य यस्तै घटनाबारे जानकारी दिँदैछौं ।

१० दिनअघि मरेकी महिलाको अन्तिम दाहसंस्कार गर्नेक्रममा लास राखेको बाकस खोलियो । त्यो खोल्नासाथ त्यहाँको अवस्था देखेर मानिस छक्क परे । यो घटना दक्षिण अफ्रिकाको एक गाउँमा घटेको हो ।



भएको के थियो भने, दाहसंस्कार गर्न लगिएको महिलाको लासको बाकस खोलिँदा कर्मचारी अचम्म परे । उक्त बाकसभित्र मृतक महिलाको शव त थियो नै, सँगै उनले जन्माएको नवजात शिशु पनि सँगै थियो । एजेन्सीको खबरअनुसार ३३ वर्षीया ती महिलाको नाम मभेलिसो नामासोन्तो म्योदी हो । उनी ९ महिनाकी गर्भवती थिइन्, जतिबेला उनको ज्यान गएको थियो ।

सामान्यतः आमाको मृत्यु भएपछि पेटको बच्चाको पनि ज्यान जान्छ भन्ने बुझाइ मानिसको रह्यो । जसका कारण उनीहरूले मृत महिलाको शरीरलाई दाहसंस्कारनिम्ति लगे । उनीहरूले महिलाको पेटमा रहेको बच्चा जीवित हुनसक्नेतर्फ सोच्दै सोचेनन् ।

तर, दाहसंस्कारक्रममा बाकस खोलेर हेर्दा मृतक महिलासँगै महिलाले जन्माएको मृत अवस्थाको शिशुसमेत देख्दा सबै कर्मचार तीनछक्क परे ।

महिलाको ज्यान गइसकेपयिछ उनको शवलाई शवगृहमा राखेकै बेला महिलाको पेटमा रहेको बच्चाको आफैं जन्म भएको रहेछ । बच्चा जन्मिए पनि शवगृहमा धेरै चिसो रहेकाले बच्चाको चिसोकै कारण ज्यान गएको खबरमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार