यस्तो गाउँ, जहाँ आगनमा चिहान नभएको घरै छैन

एउटा यस्तो गाउँ छ, जहाँ पहिलो चोटी पुग्ने मानिस म कतै चिहान भएको ठाउँमा त आईन् ? तर संसारको एक ठाउँमा यस्तै गाउँ छ, त्यहाँ बाक्लो मानवीय बस्ती छ । तर हरेक घरेको अगाडि चिहान छ ।

आन्ध्र प्रदेशको कुरनूल जिल्लामा रहेको अया कोडा गाउँ बाक्लै मानव तर यहाँ हरेक घरको अगाडि चिहान छ । समाचारमा उल्लेख भए अनुसार यो गाउँमा मालादासरी समुदायका झण्डै डेढसय घरधुरी छन् । यो समुदायका मानिसले कुनै छुट्टै अन्त्यष्टिस्थल नभएका कारण आफ्ना घरपरिवारका सदस्यको मृत्यु भएपछि लासलाई घरकै अगाडि चिहान खनेर गाड्छन् ।



हरेक घर अगाडि एक वा दुईवटा चिहान देख्न सकिने यो ठाउँका गाउँलेहरु चिहानको दिनहुँ पुजा गर्दछन् र प्रसाद चढाउँछन् । घरमा कुनै खानेकुरा पकाए पनि पिता पुर्खाका चिहानमा नचढाएसम्म खाँदैनन् ।

यसका साथै नयाँ किनेका कुनै पनि सामानहरु, नयाँ टिभी, मोबाइल फोन, कम्प्युटर आदि मेसिनरी सामानहरु सबैभन्दा पहिले घरअगाडि रहेका चिहानको नजिक राखेर पुजा गर्दछन् अनि मात्र चलाउने गरेको समाचारमा उल्लेख छ । बीबीसी

सम्बन्धित समाचार