शाहरुख खानले स्वास्थ्यकर्मीलाई ५० हजार पीपीई दिने, ५ हजार परिवारलाई खाना खुवाउने

बलिउडका सुपरस्टार शाहरुख खानले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न विभिन्‍न चरणमा सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्‍जाल ट्विटरमा रेड चिल्ली इन्टरटेनमेन्टमार्पत पोस्ट गर्दै भनेका छन्, ‘ मेरो टीम र मैले हाम्रो आफ्नै तरिकाले योगदान गर्ने उपायहरुबारे छलफल गरिरहेका छौँ। हामी विभिन्‍न चरणहरूमा आउनेछौं, यसले थोरै भए पनि मानिसको जीवनमा फरक आशा जाग्‍नेछ।’



शाहरुखले स्वास्थ्यकर्मीहरूको लागि ५०,००० पीपीई उपकरणहरू आपूर्ति गर्न महाराष्ट्र र पश्चिम बंगालमा राज्य सरकारहरूसँग मिलेर काम गर्ने छन् । उनले मुम्बइमा बसोबास गर्ने ५ हजार ५ सयभन्दा बढी परिवारलाई दैनिक खानाको व्‍यवस्था गर्ने बताएका छन् । यसका साथै त्‍यहाँ एक भान्साघर पनि स्थापना गरिनेछ जसले दैनिक घरहरू र अस्पतालहरूमा सेवा पुर्‍याउँछन् ।

सम्बन्धित समाचार