बेलायती गायिका म्यारियनलाई कोरोना संक्रमण

बेलायती गायिका म्यारियन फेथफुललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मरिनका व्यवस्थापकका अनुसार उनमा संक्रमण पुष्टि भएपछि शनिबार उपचारका लागि अस्पताल लगिएको छ । ‘म्यारियन फेथफुलका व्यवस्थापकले पुष्टि गरे कि लण्डस्थित अस्पतालमा नमरिनको उपचार भइरहेको छ,’ संगीत उद्योगको प्रचारक रिपब्लिक मिडियाले ट्वीटरमा उल्लेख गरेको छ । तर उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको पनि जनाइएको छ ।

म्यारियनकी साथी अमेरिकी सेलिब्रिटी पेन्नी अर्केडले पनि उनी अस्पतालमा उपचार गराएको कुरा उल्लेख गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ७३ वर्षीया गायिका फेथफुलक १७ वर्षको उमेरदेखि नै गायन सक्रिय थिइन् ।



‘एज टियर्स गो बाइ’ जस्तो गीत गाएर करिअरको प्रारम्भिक चरणमै उनले चर्चा पाएकी थिइन् । ५० वर्षको गायन करिअरमा उनले गायनसँगै गीत लेख्ने र फिल्ममा अभिनय पनि गरिन् । अहिले कोरोना संक्रमित भएको थाहा पाएपछि उनका शुभचिन्तक तथा प्रशंसकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

सम्बन्धित समाचार