मध्यावधि चुनावबारे कांग्रेसले सार्वजनिक गर्‍यो आधिकारिक धारणा

नेपाली कांग्रेसले अहिलेको अवस्थामा पार्टीले सहमतिको सरकार र चुनावको कुनै माग नगरेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रह गरेका छन् ।

‘व्यक्तिगत मतहरु केवल व्यक्तिगत हुन्छन्, पार्टीलाई गांसेर अतिरंजित ब्याख्या नगरौं । संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ ।न सहमतिको सरकार न चुनाव । यो संकटको घडी जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी ’, प्रवक्ता शर्माले ट्विट गरेका छन् ।



कांग्रेस नेता डा. प्रकाश शरण महतले एक अन्तर्वार्तामा मध्यावधि चुनावको माग गरेको भन्दै कांग्रेसको आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार