भ्याक्सिन बनाउनेलाई पोर्न स्टारको अफर

चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ । लाखौं संक्रमित भएका छन् । कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ । सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन ।

यसैबीच एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ । वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन् ।



‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’, लोला टेलरले भनेकी छन् । उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ । सबैजना चिन्तित छन् ।

उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन् । उनी मास्कोमा एक्लै बस्दै आएकी छन् । लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो । उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन् । लोला रूसकी हुन् । अहिले उनी यो घोषणाको कारण चर्चामा छिन् ।

सम्बन्धित समाचार