कोरोना कहर : अमिताभ बच्चनले १ लाख मजदुरलाई सहयोग गर्ने

बलिउडका मेगास्टार अमिताभ बच्चनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध दिने बताएका हुन् ।

सोनी पिक्चर्सले यसबारेमा ट्वीट गर्दैै जानकारी दिएको छ । अमिताभले देशभरका एक लाख घरमा महिनाभरको रासन पुर्‍याउनेछन् । अमिताभले सोनी टिभीमा ‘कौन बनेगा करोडपछि’ रियालिटी शो को होस्ट गर्दै आएका छन् ।



यता सामाजिक सञ्जालमा भने अमिताभ बच्चन ट्रोल हुँदै आएका थिए । किनकि, अन्य कलाकारले सहयोगको हात फैलाउँदा पनि अमिताभले केही बोलेका थिएनन् ।

सम्बन्धित समाचार