कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

आउँदो वैशाखमा हुने भनिएको कक्षा ११ र १२ वार्षिक परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना निकालेर अनिश्चित समयका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन भएका र सामाजिक दूरी कायम गर्नु पर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।



कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गते र ११ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने कार्यतालिका थियो । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डले जनाएको छ।

कोरोना भाइरसको संक्रमणको जोखिमकै कारण माध्यामिक शिक्षा परीक्षा एसइइ तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षाहरु पनि अहिले स्थगित छन् ।

सम्बन्धित समाचार