सलमान खानले राखीदिए १६ हजार मजदुरको खातामा पैसा

बलिवुड अभिनेता सलमान खानले आफ्नो प्रतिबद्धता अनुसार फिल्मी क्षेत्रका १६ हजार ज्यालादारी मजदुरको बैंक खातामा रकम पठाईदिएका छन् । यस अघिनै सलमानले ज्यालादारी मजदुरलाई सहयोग गर्न मजदुर युनियनसँग उनीहरुको खाता विवरण उपलब्ध गराउन आग्रह गरेका थिए ।

अहिले फिल्मी क्षेत्रमा काम गर्ने २५ हजार ज्यालादारी मजदुर भएपनि करिब १९ हजारको बैंक खाता रहेको र त्यस मध्ये १६ हजार मजदुरको खातामा सलमानको तर्फबाट हरेकलाई ३/३ हजारको दरले रकम पठाएको बताइएको छ ।



यस अघि बाँकी ३ हजार मजदुरको खातामा फिल्म ब्यानर यशराजले ५/५ हजार रकम पठाएको थियो । यसरी सलमानले मजदुरका लागि ४ करोड ८० लाख रकम ट्रान्सफर गरिदिएका हुन् । सलमानले लकडाउन लम्बिएमा अर्को पटक पनि रकम पठाउने बाचा गरेको फेडेरेशन अफ वेस्टर्न इंडिया सिने एम्पोलोयर्सले जनाएको छ ।

लकडाउन र कोरोना संक्रमणका कारण सम्पूर्ण फिल्म र टेलिभिजनको सुटिंग स्थगित भएका कारण सिनेमा क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुर समस्यामा परेकाले बलिवुडका सुपरस्टार सलमान खान सहयोगको हात बढाउदै आगाडी आएका हुन् ।

सम्बन्धित समाचार