कोरोनाका कारण विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए

कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् ।

इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ । स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ । बुधबार सात सय ५७ जनाको मृत्यु भएको यहाँ मंगलबार सात सय ४३ जनाको मृत्यु भएको थियो ।



स्पेनमा संक्रमितको संख्या पछिल्लो चार दिनमा धेरै बढेको छ । पछिल्लो २४ घण्टामा छ हजार एक सय ८० जना नयाँ संक्रमित भेटिएका छन् । संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ ।

अमेरिकामा एकै दिनमा करिब दुई हजार जनाको मृत्यु भएको हो । अघिल्लो दिनसम्म यहाँ मृतक संख्या १२ हजार आठ सय जना थियो । न्युयोर्कमा मात्र कोभिड १९ का कारण छ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । यहाँ एकै दिनमा आठ सय भन्दा धेरैको मृत्यु भएको छ ।

फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १३ हजार नौ सय ६५ पुगेको छ । बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय भन्दा बढी रहेको छ ।

सम्बन्धित समाचार