अमेरिका उडेका अभिनेता सरोज खनालले भने, ‘जे पर्ला त्यहि टर्ला’

करिब पाँच वर्षअघि अमेरिकाको सुख–सयल त्यागेर सधैंका लागि नेपाल फर्किएको दाबी गरेका अभिनेता सरोज खनाल कोरोनाभाइरसको त्रासबीच आइतबार अमेरिका उडे । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएका कारण सरोज पनि अमरिका उडेका हुन् ।

सरोज अमेरिकी नागरिक हुन् । उनी अमेरिका उडेपछि नेपालमा भने उनको चर्को विरोध भइरहेको छ । यसै विरोधका बीच उनले बुधबार आफ्नो फेसबुक अकाउन्टमा परिवारसँग रमाइलो गरिरहेको तस्बिर पोष्ट गर्दै संस्कृतको एउटा श्लोकसहित स्टेटस लेखेका छन् ।



उनले लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनस्सर्वे संतु निरामयु जसले जे भनेपनि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यहि टर्ला ।’

सरोजका छोरा र श्रीमती पहिले देखि नै अमेरिकामै रहेका छन् ।

सम्बन्धित समाचार