सिभिल बैंकको नयाँ शाखा अब अत्तरखेलमा पनि

 

सिभिल बैंक लिमिटेडले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको अत्तरखेलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गानाले संयुक्त रूपमा अत्तरखेल शाखाको समुद्घाटन गरेका थिए । नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सूचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रूपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाडौंलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा रामजानकी आधारभूत विद्यालय, नयॉपाटी, काठमाडौंका विद्यार्थीहरूका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरिएको थियोे । सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापनासँगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूहरूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार