बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा छानबिन समितिले निकाल्यो यस्तो निष्कर्ष (पूर्णपाठसहित)

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय समितिले आफ्नो प्रतिवेद बुझाएको छ । आज (शुक्रबार) छानविन विशेष समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाएका हुन् ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन् । बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सम्बन्धित अधिकारीहरूसँग छलफल गरिएको, सीसीटीभीको सिस्टम नै मगाएर रिकभर गरिएको लगायतका काम गरेर प्रतिवेदन तयार गरिएको कर्णले जानकारी दिए । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।



अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेको छलफल, प्राप्त कागजात र सीसीटीभी फुटेजको अध्ययनमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको समितिको निष्कर्ष निकालेको हो । ‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म समितिले गरेका छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्त प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन’ प्रतिवेदनमा उल्लेख छ ।

‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै संसदीय विशेष समितिले बजेट निर्माणका क्रममा संलग्न व्यक्तिहरुले सूचना आदानप्रदानमा सामाजिक सञ्जाललगायत प्रयोग गर्न नपाउने व्यवस्थासहितका ११ बुँदे सुझाव दिएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको अरोप लागेपछि असार २२ गते प्रतिनिधि सभाका सांसदहरू सम्मिलित ११ सदस्सीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् । १० दिनको म्याद पाएको समितिलाई थप सात दिन समय दिइएको थियो ।

छानबिन समिति गठन भएपछि समितिलाई सहयोग गर्ने भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यस्तै उनले अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप थियो ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

सम्बन्धित समाचार