एक क्विन्टल सुन तस्करी प्रकरणमा शक्तिकेन्द्रलाई जोगाउने घृष्टता नहोस् : केसी

नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै प्रखर वक्ता तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा पार्टीको मौनताले पार्टीलाई क्षतिग्रस्त बनाउने बताएका छन् । उनले नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग बन्दै गएकोमा चिन्ता प्रकट गर्दै विधिविहिनता, भ्रष्टाचार, दण्डहिनता र कुशासनको दुष्चक्रले राष्ट्रका सम्पूर्ण अङ्गहरूलाई क्षतविक्षत बनाएको बताएका छन् ।

केसीले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रहस्यमय रुपले निकालिएको तर बरामद भएको करिब एक क्विन्टल सुनभित्र रहेका हातहरूको बारेमा कौतुहलमय सनसनी उब्जिएको भन्दै यसका भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् भनेर खबरदारीसमेत गरेका छन् ।



नेता केसीले केन्द्रीय बैठकमा राखेका केही महत्वपूर्ण बुँदाहरूलाई प्रस्तुत गरिएको छ ।

नेपाली काँग्रेस लोकतान्त्रिक आदर्श र पारदर्शितामा विश्वास गर्छ । पार्टीका हरेक गतिविधिमा कार्यकर्ता र आमजनतासँग केन्द्रीय समितिलाई जोड्ने उद्देश्यले कार्यसमितिको बैठकलाई फेसबुक प्रत्यक्ष प्रशारण गर्ने सभापतिज्यूको प्रस्ताव र तदनुरुप प्रारम्भ भएको यस कार्यलाई म सर्वप्रथम हार्दिक स्वागत गर्दछु ।

महामन्त्री श्री गगन थापाज्यूद्वारा प्रस्तुत पार्टीको एकवर्षे कार्यतालिका र संगठन सुदृढीकरण कार्ययोजना उपयोगी र स्वागतयोग्य छ । तर यसलाई वैचारिक पुनर्जागरण र रुपान्तरणका एजेण्डासँग राष्ट्रिय जीवनका सबै पक्ष समेटिने नयाँ आसा र भरोसायुक्त समयसापेक्ष नीतिका साथ कार्यान्वयनमा जोड दिईएन भने आजकै यथास्थितिमा यो निरर्थक हुनसक्छ ।

पार्टीका अग्रज राजनेताहरूको स्मृतिसँग समायोजन गरी तयार गरिएको यस कार्ययोजनालाई नेपाली काँग्रेस स्थापनाको हिरक जयन्तीको रुपमा मनाउने निर्णय होस भन्ने मेरो आग्रह छ । २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस, २००५ मा स्थापित प्रजातन्त्र कांग्रेस आपसमा एकीकरण भएको २००६ सालको स्मृतिलाई २०८०–८१ भरि हिरक जयन्तीको रुपमा कार्ययोजनामा मिलान गर्नु उपयुक्त हुन्छ । नेपाली काँग्रेसका स्थापनाकालिन ‘बिग–फोर’ मध्येका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु) लाई पार्टीमा पुनःस्थापित गर्ने कुरामा सभापतिजीले पटकपटक प्रतिबद्धता जनाउनु भएको हो । यसलाई कार्यान्वयन गर्न पनि म हार्दिक आग्रह गर्दछु ।

विधानतः दुई महिनामा कम्तिमा एकपटक हुनुपर्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक, पोहोर असार २७ गतेदेखि एक वर्षसम्मको निष्कृयतालाई चिर्दै श्रावण २ मा आईपुग्यो । पोहोर भदौ ५ गते काँग्रेस नेता प्रदीप गिरिको निधनमा शोक प्रस्तावको लागि करिब १० मिनेट बैठक भएको बाहेक पूरै वर्ष हामी संस्थागत शून्यतामा रह्यौं । यो एक वर्षको अवधिमा मुलुकमा धेरैवटा गम्भीर घटना र परिस्थिति उत्पन्न भए । तर संस्थागत रुपमा केन्द्रीय कार्यसमितिको कुनै निश्चित निर्णय र भूमिका भएन ।

नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग (Paradise of Corrupts and Smugglers) हुन थालेको छ । नेपाल गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख छ । भ्रष्टाचारको बाढी, ऋणको भारी र शक्तिराष्ट्रका द्वन्द्वको चक्रब्युहतिर हाम्रो भूभाग धकेलिंदैछ । विधिविहिनता, भ्रष्टाचार, दण्डहिनता र कुशासनको दुष्चक्रले राष्ट्रका सम्पूर्ण अङ्गहरूलाई क्षतविक्षत बनाएको छ । मैले यसअघि पनि पटकपटक मौखिक र लिखित रुपमा(Page 1 of 6) पनि केन्द्रीय समितिमा अर्थतन्त्रमा नै गम्भीर क्षति पुर्याईरहेका आजसम्मका भ्रष्टाचार काण्डहरू उपर सर्बोच्च शक्तिसम्पन्न न्यायिक आयोग गठन गर्न र हाम्रै नेतृत्वको सरकारले गरोस् भन्ने प्रस्ताव राखेको थिएँ । आज हामी नै किन भ्रष्टाचारको संरक्षक जस्ता आरोप खेप्नुपर्ने विवशतामा पुग्यौं रु यसको बिरुद्ध आन्दोलनको नेतृत्व काँग्रेसले नै गर्नुपर्छ । ललितानिवास र नक्कली भूटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौं ।

भर्खरै त्रिभुवन विमानस्थलबाट रहस्यमय रुपले निकालिएको तर बरामद भएको एक क्विन्टल सूनभित्र भएका हातहरूको बारेमा कौतुहलमय सनसनी उब्जेको छ । यसका भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् । भनाई छ, पछाडि फर्केर हेरे अनुभव पाईन्छ, अगाडि हेरे आसा देखिन्छ, वरिपरि हेरे यथार्थ पाईन्छ, अनि स्वयंभित्र हेरे आफैंलाई पाइन्छ । यस्तोपरिवेशमा यस बैठकमा, विश्लेषण र निर्णयका निम्ति तय भएका १० वटा एजेण्डा सहितका राजनीतिक, आर्थिक, सामाजिक तथा सुशासन आदि समसामयिक विषयवस्तुमा आफ्ना गम्भीर विश्लेषण सहित आसा र भरोसायुक्त निष्कर्ष र भावी कार्यक्रम बनाउनु आवश्यक छ । काङ्ग्रेसले आफूभित्र युगानुकूल सुधार गर्न र मुलुकको लोकतान्त्रिक राष्ट्रिय शक्तिको हैसियत कायम राख्न नीतिगत स्पष्टताका साथ रुपान्तरण, शुद्धीकरण र सुदृढीकरणको देशव्यापी अभियान चलाउनु अनिवार्य छ । हाम्रा निर्वाचित गाउँ-नगरपालिका, प्रदेश र केन्द्रीय सरकारसँग समन्वय र सन्तुलन, क्रियाशील र सशक्त बनाउन नीतिगत मार्गनिर्देशनको लागि अभिमुखीकरण, जनसरोकार र पार्टी सरोकारका विषय स्थापित गर्दै भ्रष्टाचार र दण्डहिनताको अन्त्य गरी सुशासन स्थापित गर्न केन्द्रीय तहबाटै परिचालन तथा समन्वय समिति गठन गर्नु अनिवार्य छ ।

पार्टीको यसै बैठकमा उपसभापति पूर्णबहादुर खड्काजीद्वारा प्रस्तुत बिचारको सिलसिलामा, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूसँग चुनावी गठबन्धन गरेर ठूलो पार्टी बनाएको र राष्ट्रपति पाउने शर्तमा प्रचण्डलाई बिश्वासको मत दिएको, भन्ने प्रसंगमा चुनाव लगतै जनताको माझ स्थायित्व दिने प्रतिबद्धताका साथ निर्वाचित बहुमतको गठबन्धनबाट केन्द्र र सबै प्रदेश सरकार कसरी फुत्किन पुगे ? सभामुख पद कसरी गुम्यो ? एमाले नेतृत्वको निरंकुशताका विरुद्धमा एउटै मिसन लिएर जुटेका प्रचण्ड र माधव नेपाल पनि किन हामीबाट अलगिनु पर्ने स्थिति आयो ? यस्तो स्थितिमा केन्द्रीय कार्यसमिति नभए कार्यसम्पादन समितिको बैठक किन बोलाईएन ?पदाधिकारी समेतलाई किन अलग गराईयो ? यसको जिम्मेवार को ?

सम्बन्धित समाचार