संविधान दिवस मनाउनुको सार्थकता, यसका अक्षर र भावनालाई इमानदारीका साथ पालना गर्नुपर्छ : नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधान दिवस मनाउनुको सार्थकता, यसका अक्षर र भावनालाई इमानदारीका साथ पालना गर्न ऊर्जा र उत्प्रेरणा लिनु र सम्पूर्ण नेपालीलाई परिवर्तनको अनुभूति दिँदै समृद्धि र सु:ख दिलाउने संकल्प रहेको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुभकाना सन्देश जारी गर्दै नेता केसीले राष्ट्र र संविधानले परस्परमा गतिशीलता र स्थायित्व दिनको लागि संविधानका सञ्चालकहरूमा निष्ठा र इमानदारीता प्रथम आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले दण्डहिनता र भ्रष्टाचारको समूल अन्त्य र सुशासनको स्थापना, वर्तमान संविधानको केन्द्रीय संकल्प रहेको भन्दै यस्ता राष्ट्रिय संकल्पहरू संविधान, पछिल्लो जनआन्दोलन यताका सबै सहमति र सम्झौताहरूका अक्षर र भावनामा स्पष्ट उल्लेख रहेकको उल्लेख गर्नुभयो ।

नेता केसीले आज आम जनमानसमा देखिएका चरम असन्तुष्टि, निराशा र आक्रोश सम्बोधन राज्यको प्रमुख दायित्व रहेको बताउनुभयो ।

‘यो तीतो धरातलीय यथार्थलाईलाई निर्मम समीक्षा र आत्मसात् गर्दै आज किन हाम्रो समाजमा व्यापक निरासा र असन्तुष्टी छ ? बेथिति, अव्यवस्था, विधिविहिनता र भ्रष्टाचार किन मौलाएको छ ? किन सुशासन केवल नारामा सीमित छ ? सन्देशमा भनिएको छ, ‘देश असफलता र सामाजिक मनोविज्ञान अराजकतातिर किन उन्मुख छ ? आज जनस्तरमा देखिएको यो बितृष्णामा हामी को–को कति कति के के मा दोषी छौं ? यसलाई संवोधन र समाधानको नीतिसहित नयाँ आशा, विश्वास र भरोसा सृजना आजको सरकारको राष्ट्रिय दायित्व हो । यी सम्पूर्ण पक्षको गंभीर विश्लेषणात्मक निर्मम समीक्षा र गम्भीर सिंहावलोकन नगरी केवल संविधान दिवसको निमित्त संबिधान दिवस मनाउनु ले मात्र सार्थकता दिँदैन ।



यस्तो छ केसीको शुभकामना सन्देश :
संविधान दिवस २०८१ को हार्दिक शुभकामना !
दशौं संविधान दिवस (असोज ३ गते), राष्ट्रिय पर्वको रुपमा नेपालभर र विदेशमा पनि नेपाली नियोगहरू तथा सामाजिक संस्थाहरूले भव्य रुपमा मनाउँदैछन् ।

संविधान दिवस मनाउनुको सार्थकता, यसका अक्षर र भावनालाई इमानदारीका साथ पालना गर्न ऊर्जा र उत्प्रेरणा लिनु र सम्पूर्ण नेपालीलाई परिवर्तनको अनुभूति दिँदै समृद्धि र सुख दिलाउने संकल्प हो । राष्ट्र र संविधानले परस्परमा गतिशीलता र स्थायित्व दिनको लागि संविधानका सञ्चालकहरूमा निष्ठा र इमानदारीता प्रथम आबस्यकता हो ।

दण्डहिनता र भ्रष्टाचारको समूल अन्त्य र सुशासनको स्थापना, वर्तमान संविधानको केन्द्रीय संकल्प हो । यस्ता राष्ट्रिय संकल्पहरू संविधान, पछिल्लो जनआन्दोलन यताका सबै सहमति र सम्झौताहरूका अक्षर र भावनामा स्पष्ट उल्लेख छन् । यसका बाबजूद देश अझै दिग्भ्रमित र राजनीतिक अस्थिरता विद्यमान रहनुको जड हो दण्डहिनता, भ्रष्टाचार र कुशासन । यस्ता विकृतिहरूले सत्तामा खेल्ने मौका पाईरहेसम्म वास्तविक परिवर्तनका साथै मुलुकले राजनीतिक निकास र आर्थिक विकासले सहज गति पाउन सक्दैन ।

आज आम जनमानसमा देखिएका चरम असन्तुष्टि, निराशा र आक्रोश सम्बोधन राज्यको प्रमुख दायीत्व हो । यो तीतो धरातलीय यथार्थलाईलाई निर्मम समीक्षा र आत्मसात् गर्दै आज किन हाम्रो समाजमा व्यापक निरासा र असन्तुष्टी छ ? बेथिति, अव्यवस्था, विधिविहिनता र भ्रष्टाचार किन मौलाएको छ ? किन सुशासन केवल नारामा सीमित छ ? देश असफलता र सामाजिक मनोविज्ञान अराजकतातिर किन उन्मुख छ ? आज जनस्तरमा देखिएको यो बितृष्णामा हामी को–को कति कति के के मा दोषी छौं ? यसलाई सम्बोधन र समाधानको नीतिसहित नयाँ आशा, विश्वास र भरोसा सृजना आजको सरकार को राष्ट्रिय दायित्व हो ।

यी सम्पूर्ण पक्षको गंभीर विश्लेषणात्मक निर्मम समीक्षा र गम्भीर सिंहावलोकन नगरी केवल संविधान दिवसको निमित्त संबिधान दिवस मनाउनु ले मात्र सार्थकता दिँदैन ।

वर्तमान संविधानको सर्बोच्चता र यसले प्रत्याभूत गरेका राज्यशक्तिको पृथकीकरण, नियन्त्रण तथा सन्तुलन, संसदको सर्बोच्चता, स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस, निर्वाचन पद्धति, जस्ता राज्यव्यवस्थाका मौलीक पक्षहरु तथा संवैधानिक अङ्गहरूको निर्वाध गति खलबालिदै गएका छन् । यसैको लागि संविधानमा आवश्यक संशोधन, सुधार र तदनुरुपको लोकतान्त्रिक अभ्यासको लागि संविधान संशोधनको माग राष्ट्रिय आवश्यकताका रुपमा व्यापक हुँदै आएको छ । संविधान धर्मशास्त्रका अपरिवर्तनीय मान्यता जस्तो होइन । यसको समय सापेक्ष संशोधन नै गतिशील संविधानको विशेषता हो ।

जनआकांक्षा र माग अनुसार त्यसलाई संशोधन र परिमार्जन गर्दै अग्रगति दिने प्रक्रिया हो संवैधानिक विकासको क्रम । भारतीय संविधान १०६ पटक र अमेरिकी संविधान २७ पटक संशोधन गरिएको दृष्टान्त हाम्रो लागि उपयोगी शिक्षा हुनसक्छ । संविधानको आवधिक समिक्षा, आम जनभावना र व्यवहारिक पक्षसमेतको अनुभवबाट वर्तमान संविधान संशोधन जरुरी भएको छ । यो वर्तमान संयुक्त सरकार को प्रतिवद्धता पनि हो । यसमा आलटाल गर्नु प्रत्युत्पादक हुने छ ।

वर्तमानमा विधिको शासन निष्ठापूर्वक पालना गर्ने र यसले प्रत्याभुत गरेका अधिकार तथा स्वतन्त्रतालाई नागरिकहरूले निर्बाध रूपले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा अमल गर्ने सहजता र हिमाल, पहाड, तराई,मधेश, पूर्व वा पश्चिम, गाउँ वा सहर जहाँ बसेको भएपनि सर्वप्रथम हामी सबै नेपालका समान अंशियार सन्तान र समान नागरिक हौँ भन्ने भावनाको विकास राज्यले जनमानसमा प्रत्याभूत गर्न सकोस् । संविधान दिवस २०८१ को सुअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार