एक सातालाई मात्र पुग्ने इन्धन भण्डारण, आपूर्ति मन्त्रालय र आयल निगममा नीतिगत सुस्तता

बाढी पहिरोले मुलुकभरको जनजिवन अस्तब्यस्त भैरहेको बेला नेपाल आयल निगमको इन्धन भण्डार क्षमता एकदमै कमजोर रहेको छ । बाढी पहिरोले बाटो अवरुद्ध भएको अबस्थामा काठमाडौ उपत्यकामा ६ दिनलाई मात्रै पुग्ने इन्धन भण्डारण रहेको छ ।

निगमको तथ्यांक अनुसार पेट्रोल करिब ६ दिनलाई डिजल ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता रहेको छ । २०७२ सालमा भारत सरकारले नेपालमा नकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पर्दाथ भण्डारण क्षमता बढाउने नीति ल्याएपनि हाल सम्म क्षमता बढाउने तर्फ काम हुन सकेको छैन ।



सरकारको नीति अनुसार निगमले दिन प्रतिदिन बढ्दो मागलाई आवश्यकता अनुसार पुर्ति गर्न ९० दिनका लागि झापा, सिराहा, चितवन र भैरहवामा गरी ४ स्थानमा जग्गा समेत खरिद गरेको थियो । तर निगमले भण्डारण क्षमता बढाउन जग्गा खरिद गरेको भएपनि नीतिगत सुस्तताको कारण अझसम्म पनि काम अघि बढ्न सकेको छैन ।

हाल निगमसँग पेट्रोलियम पदार्थ भण्डारण काठमाडौं लगायतका विभिन्न १२ स्थानमा छन् । विराटनगर, जनकपुर, अमलेखगंज, मन्थली पोखरा, भैरहवा, भैरहवा पम्प, नेपालगंज सुर्खेत, धनगढी र दिपायल छन । विराजनगर भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ५ सय ६०, डिजल ८ हजार ९ सय १०, मटिट्तेल, २ हजार १७०, र हवाई इन्धन २ सय ८० गरि जम्ममा ११ हजार ९ सय २० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।

जनकपुर पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ३० डिजल १ सय ४०, मटिट्तेल, ७०, र जम्ममा २ सय ४० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । अमलेखगंज भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल १ हजार ९ सय ३०,डिजल १९ हजार ८ सय , मटिट्तेल, १ हजार ५ सय किलोलिटर गरी जम्ममा २३ हजार २ सय ३० किलाेलिटर मात्र भण्डारण क्षमता रहेको छ ।

काठमाडौं भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ६ हजार६०, डिजल ८ हजार ४ सय मटिट्तेल, ७ सय ६० र हवाई इन्धन ७ हजार ६ सय ४० गरि जम्ममा २२ हजार ७ सय ८० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । निगमसंग मन्थली र भद्रपुरमा हवाई इन्धन भण्डारण रहेको छ । मन्थली २७ किलोलिटर छ भने भद्रपुरमा ५४ किलोलिटर मात्र रहेको छ ।

निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक ( एडिपी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समय भन्दा यता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको छैन । दिनकै माग बढे पनि निगमले १८ वर्ष पुरानै भण्डारणबाट उपभोक्तालाई पेट्रोलिय पदार्थ आपूर्ति गर्दै आएको छ ।

सम्बन्धित समाचार